इराकको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश

१२ साउन ०७९, काठमाडौं । इराकको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् ।

समाचार एजेन्सी एएफपीले जनाएअनुसार राजधानी बगदादस्थित संसद् भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका हुन् ।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरे पनि नसकेपछि ठूलो भीड संसद भवनमा प्रवेश गरेको हो ।

इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।