इराक हवाई हमलामा ६३ भन्दा धेरैको मृत्यु

काठमाडौं । इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

अलिसेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन । मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको छ ।

सिरिया लगत्तै इराकको उक्त सहरमा उज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो । तर, मिसाइल एक व्यस्त बजार क्षेत्रमा खसेको थियो ।

तपाइको मत