ईन्धन अभावबारे प्रधानमन्त्रीलाई चासो

६ भदौ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आपूर्तिमन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राख्दै उपत्यकामा देखिएको ईन्धन अभावबारे समस्या शीघ्र हल गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्रीले आपूर्तिमन्त्री बोहरालाई टेलिफोन गरी बजारमा देखिएको ईन्धनको अभावबारे चासो राखेका हुन् । टेलिफोनमा उलले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा ईन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने तयारीमा लागेको जानकारी दिए ।

तपाइको मत