१७ कार्तिक ०७६, काठमाडौं ।धार्मिक सहिष्णुता र आपसी सदभावका लागि लोक आस्थाको छठ पर्व आज व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरेका छन् ।
चतुर्थीदेखि सरु गरी षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले युवालाई अनुशासनमा बाँध्नुका साथै सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मान्ने चलन छ ।













