२१ मंसिर, भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उद्योगी कुलप्रसाद न्यौपानेमाथि मंगलबार राति ८ बजेतिर उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै आएर एक समूहले गोली प्रहार गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुककाअनुसार न्यौपानेमाथि गल्लामण्डीमा रहेको उनको मुक्तिनाथ खाद्य उद्योग परिसरमै मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेका हुन् ।
मंगलबार दिउंसो सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधनको विरोधमा प्रदर्शन भएको थियो भने सो प्रदर्शनको नेतृत्व न्यौपानेले थिए ।
रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले गोली प्रहार गरेर भाग्दै गरेका रुपन्देही सिपवाका विरेन्द्र यादव पक्राउ परेको र उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको र एक जना फरार रहेको बताए ।
उद्योगी न्यौपाने भने सकुशल रहेका छन् ।