२९ बैशाख ०७७, काठमाडौं । सरकारले उद्योग तथा कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र चल्ने सवारी साधनलाई पास वितरण पनि खुकुलो गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट मात्र जारी हुने पास अब सम्बन्धित मन्त्रालय र तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा आइतबार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, उपत्यकाका सुरक्षा प्रमुखहरु, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभागका महानिर्देशक साथै उद्योग विभागका प्रतिनिधिसमेतको बैठकले सवारी पास सहज गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सवारी पास सम्बन्धी सूचना :