रबिन्द्र प्रताप गुप्ता
भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले व्यवसायी नविकरण अभियानलाई घरदैलोबाट सुरु गरेको छ ।
संगठनले व्यवसायीको व्यस्ततालाई मध्यनजर गर्दै नविकरणका लागि अभियानलाई घरदैलोबाट सुरु गरेको हो ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै संगठनले नगरमा छुट्टा–छुट्टै टोली बनाएर व्यवसायी नविकरण गरिरहेको छ ।
संगठनका महासचिव अनिल ज्ञवालीको नेतृत्वमा घरदैलो अभियानमा रहेको टोलीले बैंक रोडको प्रत्येक व्यवसायीको प्रतिष्ठानमा पुगेर व्यवसायी नविकरण गरेका छन् ।
घरदैलो अभियानको क्रममा व्यवासायीहरुले गुनासो समेत पोखेका छन् । उनीहरुले व्यवासाय प्रतिष्ठानको अगाडि पार्किङको समस्या, लामो समयसम्म सडक निर्माण नहुदाँ समस्या परेको, नगरवासीहरु किनमेल गर्नका लागि सुनौली जादाँ यस क्षेत्रका व्यवसायीहरु मारमा परेको लगायतका गुनासाहरु पाखेका थिए ।