नेशनल बर्नस् सेन्टरमा उपचारत मनाङ एयरका क्याप्टेन सेढाईंको मृत्यु

८ कार्तिक ०८०, काठमाडौं । मनाङ एयरका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरेर हेलिकोप्टर दुर्घटनामा घाइते भएका सेढाईंको भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचारकै मृत्यु भएको जानकारी दिएको हो ।

क्याप्टेन सेढाईंमात्र रहेको मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।