उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र टेम्पो कारवाहीमा

१४ जेठ ०७५, काठमाडौं । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ ।

गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले रु एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिए ।

जेठ ४ गतेदेखि हालसम्म महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो ।

ठूला सवारी साधनको हकमा सो नियम अझैसम्म लागू भएको छैन ।

तपाइको मत