उपनाम राखेर पनि नागरिकता लिन पाउने

५ चैत्र ०७५, काठमाडौं । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिइन।

यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।

तपाइको मत