८ कार्तिक ०७६, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगिए मोबाइल एप्समार्फत उजुरी गर्न सकिने सफ्टवेयर एप सार्वजनिक गरेको छ ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा विभागीय मन्त्री मातृकाप्रसाद यादवले मोबाइल एपको सार्वजनिक गरेका हुन् ।
एप्सको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्ताको हक–अधिकार संरक्षण गर्न र विभागमार्फत जनताको कामलाई बाध्यकारी बनाउन एप महत्वपूर्ण भएको बताए ।
एपको प्रयोग गर्न उपभोक्ताले मोबाइलको प्ले स्टोरमा गई ‘उपभोक्ता गुनासो एप’ डाउनलोड गरी आफूले बजारमा भोगेका समस्या एसएमएसमार्फत् राख्न सक्नेछन् ।













