उपराष्ट्रपति यादव जनवादी गणतन्त्र चीन प्रस्थान

२९ साउन ०८०, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

जनवादी गणतन्त्र चीनको कुनमिङमा यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए ।

उपराष्ट्रपति यादवको भ्रमण दलमा उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।