२८ भदौ, बिराटनगर । संघीय लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार मधेसी मोर्चाले उठाएको माग सम्वोधन गर्न उदासिन रहेको आरोप लगाएका छन् ।
संविधान संशोधन मार्फत मधेसका समस्या हल गर्ने भनिए पनि सरकारले सो विषयलाई गम्भीरतापूर्वक नलिएको यादवले आरोप लगाए ।
विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार मधेसको समस्या संविधान संशोधन मार्फत टुङ्ग्याउन बनेको तर, प्रधानमन्त्रीको भारत भम्रण अघि नै संविधान संशोधनको प्रस्ताव संसदमा नलैजानुलाई गम्भीररुपमा लिएको बताए ।
उनले चाँडो भन्दा चाँडो संविधान संशोधनको प्रस्ताव संसदमा लैजान आग्रह गरेका छन् ।