२५ बैशाख ०७४, काठमाडौं । संघीय गठबन्धनबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूबीच जुहारी सुरू भएको छ ।
फोरम नेपालका अध्यक्ष यादवले आइतबार विज्ञप्ति जारी गर्दै संघीय गठबन्धनको अध्यक्षमा आफू कायमै रहेको दाबी गरेका छन् । तर, शनिबार बसेको गठबन्धनका नेताहरूको बैठकले यादवलाई अध्यक्षबाट पदमुक्त गरेका थिए ।
राजपा नेपालका नेताले आइतबार पुनः यादव गठबन्धनमा नरहेको दाबी गरेका छन् साथै राजपाको नेता केशव झाले सोमबार पनि बैठक बस्ने बताएका छन् ।













