उम्मेदवार चयनमा कांग्रेस सभापति देउवासँग रामचन्द्र पौडेल रुष्ट

१९ बैशाख ०७४, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा उम्मेदवार चयन गर्दा एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएको छ ।

जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् ।

यसैगरी काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए ।

ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने- ‘सभापतिजी तानाशाही शैलीमा अघि बढ्नुभयो ।’

तपाइको मत