एउटा कपडाको टुक्रो बोकेको छ, चार जना उफ्रेको छ, अब यसको अर्थ छैन – प्रधानमन्त्री ओली

१ बैशाख, कास्की । नयाँ वर्ष २०७३ को सुरुका दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशी मोर्चाले नयाँ वर्षको सुरुवात सँगै गर्ने भनेको आन्दोलनलाई लक्षित गर्दै एउटा नयाँ टुक्का सुनाएका छन् ।

‘एउटा कपडाको टुक्रो बोकेको छ, चार जना उफ्रेको छ, वातावरण बिगारेको छ, अब यसको अर्थ छैन ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने– ‘यो विकास गर्ने बेला हो । आन्दोलन गर्ने बेला होइन् । अब पनि के का लागि आन्दोलन ? बरु बाटो बनाउन, स्कुल बनाउन, हस्पिटल, एयरपोर्ट बनाउन साथ दिनुस् ।’

प्रधानमन्त्री ओलीले संविधान बनेर कार्यान्वयनको अवस्थामा रहेको बताउँदै अबको समय संविधान कार्यान्वयनसँगै विकास निर्माणमा खर्चिनु पर्ने बताए ।

‘म प्रधानमन्त्री हुँदा पोखरा विमानस्थल बन्छ भन्ने लागेको थियो होला’ शिलन्यास समारोहमा उपस्थित पोखरावासीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कसैलाई लागेको थिएन भने पनि अब लाग्नेछ ।’

तपाइको मत