४ बैशाख ०७७, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एक लाख ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस्तै बीस लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित देखिएका छन् ।
बिहीबार बिहानसम्म विश्व स्वस्थ्य संगठन (डब्लुएचओ), सीडीसी, एनएचएस साथै जेएचयु सीएसईईकाअनुसार एक लाख ३४ हजार ६ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
यस्तै संक्रमित मध्ये विश्वभर बीस लाख ८४ हजार ६ सय ३३ जना संक्रमित देखिएकोमा भने पाँच लाख १५ हजार २ सय ८३ जना निको भइसकेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । पछिल्लो रिर्पोटअनुसार अमेरिकामा २८ हजार ५ सय ५४ जना मानिसको मृत्यु भइसकेको छ । यहाँ ६ लाख ४४ हजार ३ सय ४८ जनालाई कोरोना संक्रमण देखिएकोमा ८८ हजार ७ सय ८ जना निको भइसकेका छन् ।
यस्तै कोरोना संक्रमणबाट इटालीमा एक्काइस हजार ६४५ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा अठार हजार ८ सय १२ जना, फ्रान्समा सत्र हजार १ सय ६७ जना, बेलायतमा बाह्र हजार ८ सय ६८ जना, इरानमा चार हजार ७ सय ७७ जना, चीनमा तीन हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी बेल्जियममा चार हजार ४ सय ४० जना, नेदरल्याण्डमा तीन हजार १ सय ३४ जना, जर्मनीमा तीन हजार ८ सय ४ जना, स्वीटजरल्याण्डमा एक हजार २ सय ३९ जना, ब्राजिलमा एक हजार ७ सय ६० जना, टर्कीमा एक हजार ५ सय १८ जना, स्वीडेनमा १ हजार २ सय ३ जना, क्यानाडामा १ हजार १० जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म पोर्चुगलमा ५९९ जना, अष्ट्रियामा ३९३ जना, इण्डोनेसियामा ४६९ जना, इक्वेडरमा ३८८ जना, आयरल्याण्डमा ४४४ जना, डेनमार्कमा ३०९ जना, रोमानियामा ३७२ जना, दक्षिण कोरियामा २२९ जना, फिलिपिन्समा ३४९ जना, पोल्याण्डमा २८६ जना, मेक्सिकोमा ४४९ जना, भारतमा ४१४ जना, पेरुमा २५४ जना, डोमिनिकनमा १८९ जना, चेकियामा १६६ जना, जापानमा १७८ जना, नर्बेमा १५० जना, इजरायलमा १३२ जना, मलेसियामा ८३ जना, सर्बियामा ९९ जना, रसियामा १९८ जना, युक्रेनमा ११६ जना, पाकिस्तानमा १२४ जना, पानामामा १०३ जना, कोलम्बियामा १३१ जना, अष्ट्रेलियामा ६३ जना, लक्जम्वर्गमा ६९ जना, चिलीमा ९४ जना, साउदी अरेबियामा ७९ जना, फिन्ल्याण्डमा ७२ जना, थाइल्याण्डमा ४६ जना, दक्षिण अफ्रिकामा ३४ जना, युएईमा ३३ जना, सिंगापुरमा १० जना, कतारमा ७ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६ हजार ८ सय ७१ जनाको ल्याव परीक्षण गरिएकोमा ६ हजार ८ सय ५५ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १६ जना संक्रमित देखिएका छन् । जसमा एक जना निको भइसकेको छ ।
(स्रोत : डब्लुएचओ, सिडिसी, एनएचएस, जेएचयु सीएसईई)