एन्फामा आवासीय प्रशिक्षणका लागि १३ वर्षमुनी र १६ वर्षमुनीका खेलाडी छनौट

२४ चैत ०७५, सप्तरी । एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणका लागि छनौट गर्न आयोजना गरिएको १३ वर्षमूनी र १६ वर्षमूनीका खेलाडी छनौट कार्य सकिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका र सप्तकोशी नगरपालिकाका दुई स्थानमा केन्द्र कायम गरी आयोजना गरिएको छनौट खेलकुदमा १३ वर्षमूनीका १८ जना र १६ वर्षमूनीका १२ जना खेलाडी छनौट भएको एन्फाका फुटवल प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला फुटवल संघ सप्तरीको संयोजन र अखिल नेपाल फुटवल संघको आयोजनामा भएको छनौट खेलमा ३ सय ५१ जना खेलाडी सहभागि भएको र अन्तिम छनौटमा १३ वर्षमूनीतर्फ १८ र १६ वर्षमूनीतर्फ १२ जना खेलाडी छनौटमा परेको प्रशिक्षक श्रेष्ठले बताए ।

जिल्लाबाट छनौट भएकाहरुको आगामी चैत २७, २८ र २९ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरिय छनौट खेलमा सहभागी गराइने र छनौटमा परेकाहरु एन्फा ऐकेडेमीमा आवासीय प्रशिक्षणमा चयन हुने जानकारी दिए ।

तपाइको मत