एमाओवादी अध्यक्ष प्रचण्ड र सभामुख घर्तीले अनन्तलाई भेटे

ananta at bankok-1
२२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्तीले थाइल्याण्डमा उपचाररत एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’लाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

जण्डिसबाट पीडित अनन्तको बैंककस्थित समितिवेज अस्पतालमा उपचार भैरहेको छ । अनन्तलाई भेट्न प्रचण्ड, सभामुख घर्ती र प्रचण्ड पत्नी सीता दाहाल बुधबार काठमाडौंबाट बैंकक गएका थिए । उनीहरुले अनन्तको उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

चिकित्सकहरुले अनन्तको स्वास्थ्य पहिलाको भन्दा सुधार आएको बताएका छन् । तर, अनन्तको स्वास्थ्य छिनछिनमै परिवर्तन हुने गरेकाले अस्थीर छ । उनलाई बुधबार हल्का ज्वरो आएको छ ।

ananta at bankok-2

स्थानीय समयअनुसार विहीबार विहान ९ बजे प्रचण्डले अस्पतालका चिकित्सकहरुको टोलीसँग छलफलसमेत गर्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

अनन्तलाई यसअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याइ पुनः बैंकक लगिएको हो । अनन्तसँगै उनकी बहिनी सुशीला बैंककमा छिन् ।

ananta at bankok 3

ananta at bankok 4

तस्वीर  : प्रचण्डको वेबसाइट

साभार : अनलाइनखबरबाट ।

तपाइको मत