एमालेको आरोप – प्रचण्ड सरकारले आन्तरिक मामलामा भारतीय हस्ताक्षेप निम्त्यायो

UML

९ भदौ, काठमाडौं । नेकपा एमालेले बुधवार पार्टी कार्यालय धुम्बारहीमा स्थायी समितिको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारले नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाएको छ ।

महासचिव ईश्वर पोखरेलले सरकारले छिमेकीसग सन्तुलित सम्बन्ध बिगारेको र नेपालीको शिर झुक्ने काम गरेको बताए । उनले छिमेकीको चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताउँदै त्यस विषयमा देशभित्र कुनै छलफल नहुनु तर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक रहेको बताए ।

सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी हालै दुई छिमेकी देशमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्य भएकोप्रति समेत एमालेले आपत्ति जनाएको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भारतीय प्रधानमन्त्रीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्नसमेत माग गरेको छ ।

तपाइको मत