एमालेद्वारा व्यवस्थापिका संसद बैठक अवरुद्ध

१२ बैशाख ०७४, काठमाडौं । सरकारले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै नेकपा एमालेले व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

एमाले सांसद गंगाधर तुलाधरले संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताए ।

‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ’ उनले भने, ‘यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’

यो षड्यन्त्रकारी मनसायबाट भएको हुनसक्ने भन्दै उनले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

लगतै एमाले सांसदहरु उठेर विरोध गरे ।

सभामुख ओनसरी घर्ती मगरले सदनको ध्यानाकर्षण भएको भन्न्दै पटक-पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले मन्त्रीले जवाफ दिनुपर्ने अडान राखे ।

एमालेको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

तपाइको मत