एमालेमा एक व्यक्ति एकमात्र कार्यकारी कमिटीमा रहने व्यवस्था

२७ भदौ ०७४, काठमाडौं । एमालेले एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था गरेको छ ।

स्थायी कमिटी बैठकले जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले निर्वाचन क्षेत्र निर्धारण भइसकेको अवस्थामा साविकको निर्वाचन क्षेत्रीय कमिटी भंग गर्ने निर्णय गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

बैठकले एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाहरुमा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी गठन नगर्ने निर्णय गरेको छ भने जिल्ला कमिटीलाई नै समन्वय कमिटीले गर्ने कामको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी सबै निर्वाचन क्षेत्रमा गठन गर्ने निर्णय गर्दै उक्त कमिटीमा त्यस निर्वाचन क्षेत्रअन्तर्गत रहेका गाउँ/नगर कमिटीका पदाधिकारीहरु सदस्य रहने व्यवस्था गरेको छ । उक्त समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटी सदस्य संयोजक रहनेछन् ।

तपाइको मत