एमालेमा केन्द्रीय सदस्य थपिएपछि भीम रावलको आपत्ति

१२ कार्तिक ०७८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् ।

प्रभु साह निकट मनोनित कुन्दन कुशवाह र मोहम्मद समीरले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सपथ लिएका छन् ।