१५ माघ, भैरहवा । रक्षामन्त्री बालकृष्ण खाँणले एमालेले पञ्चायत र राजतन्त्रले जस्तो आफू बाहेक अन्यलाई राष्ट्रघाती देख्दा राजनीतिले निकास पाउन नसकेको बताएका छन् ।

भैरहवामा मुस्लिम सघं रुपन्देहीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै रक्षामन्त्री खाँडले राजनीतिक गतिरोध अन्त्य गर्न एमाले बाधक बनेको बताउँदै एमालेले आफू बाहेक अन्यलाई राष्ट्रघाती देख्दा राजनीतिले निकास पाउन नसकेको बताएका हुन् ।
‘नेपालको रक्षा, विकासमा सबै नेपाली मिलेर गरिरहेका छन् । तर एमालेले आफू बाहेक अन्य सबैलाई राष्ट्रघातीको सज्ञां दिइरहँदा निकास निस्कन सकेको छैन’ भन्दै रक्षामन्त्री खाँणले संविधान कार्यान्यवनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
सविधानमा उपलब्ध हक अधिकारहरु सुनिश्चित गर्नका लागि पनि निर्वाचन अपरिहार्य रहेको भन्दै उनले सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गराउने तर्फ सरकार लागि रहेको समेत बताए ।













