९ जेठ ०७४, काठमाडौं । व्यवस्थापिका संसद बैठक नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका थिए । तर, एमालेले स्थानीय तहको संख्या बढाएकोमा विरोध गर्दै संसद चल्न नदिने बताएपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलको बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिनु पर्ने बताउँदै संसद चल्न नदिने बताए ।
दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक भोलि भोलि ११ बजे सम्मका लागि स्थगित गरिएको छ ।