एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटार पुगे

२४ माघ ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचनका लागि बोलाएको छलफलमा भाग लिन ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले ओलीसँगै माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए ।