एमाले कार्यकर्ताका डेरामा सजाएर राखेको अवस्थामा भेटिए प्रधानमन्त्री निवासका हराएका भान्साका सामानहरू

२३ साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भान्साका सामानहरू हराएपछि कर्मचारीहरूले लगेको हुन सक्ने अनुमान गरिए पनि एमालेका कार्यकर्ता हौ, अन्तिम भेट हो भन्दै रित्तो हात बालुवाटार छिरेका तर बाहिर निस्कने बेला समान लिएर गएको जानकारहरुको भनाइ छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि बालकोट सर्नु भन्दा एक दिन अगाडी चार जना कार्यकर्ता रित्तै आएका तर फर्कने बेला रातो रंगको कारमा बोरामा सामान हालेर लगेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूले निवास छाड्दा यसरी सामानहरू चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन् । विगतमा पनि यसैगरी सरकार परिवर्तन भएर मन्त्रीहरूले क्वार्टर छोड्दा पर्दा, फ्रिज, टेलिभिजन, कम्प्युटर जस्ता सामानहरू उठाउने गरेको गुनासो बालुवाटारमा कार्यरत कर्मचारीहरूको भनाइ छ । उनीहरुका अनुसार केही मन्त्रीले साना फर्निचर र सोफामा लगाइएका खोल र चकटी मात्र होइन लान मिल्नेसम्मका सबै सामानहरू लैजान्छन ।

ओली बालुवाटार छाडेर गएपछि हराएका भाँडाकुँडाको खोजतलासका लागि प्रहरीले गोप्य अनुसन्धन थालेको छ । स्रोतकाअनुसार त्यो दिन साँझ चार बजेर २० मिनेट जाँदा सम्मको आसपासमा धेरै मानिसहरूको छलफल भएपनि जाँदा रित्तै र फर्कंदा सामान बोकेर आउनेहरू चार जना एमाले कार्यकर्ता भएको बुझिएको छ ।

गोप्य अनुसन्धन थालेको प्रहरीकाअनुसार बनेपा घर भएका कार्यकर्ता मध्ये दुई जना घट्टेकुलो, एकजना सामाखुसी र अर्का एकजना भने बालकोट नजिकैको घरमा डेरामा बस्छन् । उनीहरूको डेरामा पुग्दा समान सजाएर राखेको अवस्थामा भेटियो त्यो सामानहरू कुन प्रयोजनका लागि डेरामा ल्याइयो बुझ्दैछौ ।

तपाइको मत