एमाले प्रतिपक्षमै बसेर चुनाव लड्ने

८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सरकारमा छेउमा बस्न नजाने बताएका छन् । साथै, उनले एमालेले प्रमुख प्रतिपक्षमै बसेर तीन वटा चुनाव लड्ने सम्भाबना देखिएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले तीन वटै चुनाव प्रतिपक्षमा बसेर लड्छ कि सरकारमा पनि जाने भन्ने सवालका जवाफ दिने क्रममा ओलीले प्रतिपक्षमै बसेर चुनाव लड्दा ०५१ मा एमाले ठूलो दल भएको स्मरण गरे ।  बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले अहिलेसम्मको अवस्था हेर्दा प्रतिपक्षमै बसेर चुनाव लड्ने बताए ।

उनले सरकारले संविधान संशोधनबारे कुनै प्रस्ताव नल्याएको भन्दै अनुचित प्रस्ताव कुनै हालतमा स्वीकार नगर्ने बताए ।

एमाले माओवादी गठवन्धन टिकाउन प्रयास गर्नुपथ्र्यो भन्ने नेताहरुको सुझावमा जवाफ दिँदै ओलीले टाउकोमा हानिनैसकेपछि टोउको जोगाउनु पथ्र्यो भनेर के गर्नु, आफूले प्रचण्डलाई नेतृत्व परिर्वतनको मोडालिटीको प्रस्ताव ल्याउन भन्दा कांग्रेससँग मिलेर सरकार ढाल्न गएको उनले बताए ।

तपाइको मत