एमाले र कांग्रेस सभामुख पदका लागि प्रतिस्पर्धा हुँदै

५ माघ ०७९, काठमाडौं । आज हुन गइरहेको सभामुखको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्ता गठबन्धनले एमालेका झापा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यस्तै कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ ।

सभामुखमा दुई दशकपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक सर्वसम्मत सभामुख चयन भएको नजिर छ ।

आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।