एशीयाली एथलेटिक्समा स्वर्ण पदक बिजेता यादवलाई बधाई तथा पुरस्कारको ओइरो

६ चैत्र ०७५, सप्तरी । एशीयाली एथलेटिक्समा स्वर्ण पदक बिजेता राजविराजका अजित कुमार यादवलाई बधाई तथा पुरस्कारको ओइरो लाग्न थालेको छ ।

सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं. ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखि बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् ।

हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल यादवलाई प्रदेश २ सरकारले ५ लाख रुँपैया पुरस्कार दिने घोषणा गरे लगत्तै राजविराज नगरपालिकाको बसेको बैठकले यादवलाई सम्मान स्वरुप १ लाख एक रुँपैया दिने निर्णय गरेको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

सोही बैठकले प्रदेश २ स्तरीय भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ६ नं. गण शसस्त्र प्रहरी बल सप्तरीका खेलाडीहरुलाई जनही ११ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

तपाइको मत