एसईईको नतिजा प्रकाशित, १६ हजार ८२ ले ल्याए ए प्लस

१२ असार ०७६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सामुदायिकबाट ३ लाख २५ हजार ३३० र निजीबाट १ लाख ३३ हजार ९४५ विद्यार्थी सहभागी थिए ।

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन । जसमा ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा रहेका छन् । यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेका छन् ।

यसैगरी ७४ हजार ११० ले बी जीपीए ल्याएका छन् जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । नतिजा अनुसार ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन् जसामा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन् ।

९७ हजार २९९ ले सी प्लस ल्याए । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेका छन् । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन् । जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन् ।

नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजा थाहा पाउन सक्ने छन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा समेत नतिजा हेर्न सकिने छ ।

तपाइको मत