एसएलसी दिइरहेका कृष्ण रावत तिला नदीमा डुबेर मृत्यु

river२२ चैत, जुम्ला । सीता माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा (एसएलसी) दिइरहेका घोडे महादेव गाविस–३ रिपीगाउँ निवासी १९ वर्षीय कृष्ण रावत तिला नदीमा डुबेर मृत्यु भएको छ ।

गणित परीक्षा दिई खाना खाएर नदीमा नुहाउन गएका रावतलाई स्थानीयवासीले उद्दार गरेर उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

प्रहरी कार्यालय जुम्लाका अनुसार रावतको मृत्यु बारे परिवारलाई जानकारी गराइसकिएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जनाएको छ ।

तपाइको मत