एसिया कप क्रिकेटको उद्घाटन खेल, पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टिम पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाएर २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालले आउने सोमबार भारतसँग खेल्नेछ भने उक्त खेल श्रीलंकामा हुनेछ ।