२८ भदौ ०७४, काठमाडौं । मलेसियामा जारी यू-१९ एसीसी पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिपमा नेपालले प्रतिद्वन्द्वी भुटानमाथि लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार नेपालले दोस्रो खेलमा भुटानलाई ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको हो ।
भुटानको दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरममै भेटाएको थियो । जवाफी ब्याटिङ गर्दा नेपालले १ विकेट गुमाउँदा ३० मिनेटमा जीत हासिल गरेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटान निर्धारित २८ ओभरमा ५० रनमा अलआउट भएको थियो । जसमा भुटानको इनिङ ध्वस्त पार्न नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिन भ्याए भने सन्दीप लामिछानेले ४ विवेट र नन्दन यादव १ विकेट लिएका थिए । यस्तै भुटानका दुई ब्याट्स म्यानले मात्र दोहोरो अंक बनाएका थिए ।
नेपालले भोलि मलेसियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।