ओलीकाे एकलौटी निर्णय अस्वीकार गर्ने खनाल-नेपाल समूहको निर्णय

२९ फागुन ०७७, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहकाे बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको छ ।

खनाल र नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्ज ताेकेको छ ।

खनाल-नेपाल समूहले चैत ४ र ५ गतेसम्मका लागि प्रदेश १ काे इन्चार्ज भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिएको छ ।

यस्तै सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली प्रदेश इन्चार्ज साथै भीम रावललाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी बैठकले ताेकिदिएको छ ।

यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।