ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने आपत्ति छैन् – प्रचण्ड

२८ जेठ, सुर्खेत । नेकपा (माओवादी केन्द्र)को प्रदेश नम्बर ६ स्तरीय एकता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने आपत्ति नहुने बताएका छन् ।

संविधान कार्यान्वयन लगायत मुलुकमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको भन्दै प्रचण्डले आफूहरु सरकार गिराउने र बनाउने खेलमा नलाग्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान संविधान कार्यान्वयन, मधेस समस्याको समाधान र विकास निर्माणमा केन्द्रित रहेको समेत स्पष्ट पार्दै उनले प्रधानमन्त्री ओली र आफूहरुबीच बाहिर हल्ला चलेजस्तो भद्र सहमति नभएको बताए ।

तपाइको मत