२४ भदौ ०७४, कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस विरोधी अभिव्यक्तिले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् ।
कलैयामा आयोजित साक्षात्कारमा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो’ उनले भने ।
उनले ओलीकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको र कांग्रेसको आन्तरिक द्वन्द्वले दुई दलबीच तालमेल प्रभावित भएको समेत खुलासा गरे । साथै, अध्यक्ष प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए ।
उनले भने, ‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’