बैठकमा पार्टी अध्यक्ष ओलीको नेता माधवकुमार नेपालसहितका नेताहरुले चर्को आलोचना गरेका थिए । नेपालले ओलीले प्रधानमन्त्री त्यागेर भए पनि गठबन्धन जोगाउनु बताएका थिए । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि ओलीको आलोचना गरेका छन् ।
ओली सरकारमा उपप्रधान तथा रक्षामन्त्री रहेका उपाध्यक्ष भीम रावलले गठबन्धन भत्किनुमा ओलीको वा एमालेको दोष नरहेको भन्दै अन्यत्रकै डिजाइनमा सरकार ढालिएको दावी गरे ।
सचिव प्रदिप ज्ञवालीले कांग्रेस-माओवादी-मधेशी मोर्चाको गठबन्धन कसरी बन्यो ? भन्ने नबुझिकन नेतृत्वको आलोचना गर्नु गलत भएको बताए ।