१८ मंसिर, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले केपी ओलीले भन्दैमा मधेसी जनताले अहिलेको संविधानलाई स्वीकार गर्न बाध्य नहुने बताएका छन् ।
तमलोपाका अध्यक्ष ठाकुरले अहिलेको संविधानमा रहेको व्यवस्थालाई एमालेका अध्यक्ष केपी ओलीले भन्दैमा संविधान स्वीकार गर्न नसकिने बताएका हुन् ।
शनिबार एक रेडियो कार्यक्रमलाई अन्तर्वार्ता दिनेक्रममा ठाकुरले भने, ‘संशोधनमा आएका केही कुरालाई अहिलेको मान्न सकिन्छ । तर सबै कुरा स्वीकार्य छैन, यो संविधानलाई हामीले जलाउँदै आएका छौँ । जलाउँदै जानेछौ ।’
पाँच नम्बर प्रदेशमा उर्लिएको आन्दोलनप्रति लक्षित गर्दै ठाकुरले सीमाङ्कनका विषयमा मधेसी जनतालाई धोका दिए मधेस गमाउनु पर्ने हुनसक्ने बताउँदै आन्दोलनको कुनै अर्थ नहरेको बताए । साथै, उनले विवाह गरेर आएकी महिलालाई नागरिकता दिने विषयमा आफूहरूको चित्त नबुझेको बताए ।