कमलनगरमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा

१५ बैशाख ०७९, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले दिएको जानकारीअनुसार बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो ४ वटा दमकलको सहयोगमा ७ बजे नियन्त्रणमा आएको थियो ।