कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ – माधव नेपाल

१० असार ०७९, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने बताएका छन् ।

शुक्रबार पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा नचल्ने भन्दै यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ,’ अध्यक्ष नेपालले भने, ‘विदेशीहरुको सामू लम्पसार पर्दैनन् ।’