कर्णाली विकासको नाममा सम्भ्रान्त वर्गकै हालिमुहाली र स्थानीय टाठावाठाको लुट

कालिकोट कर्णाली, वेब तस्बिर

कालिकोट कर्णाली, वेब तस्बिर

१४ असार, काठमाडौं । कर्णाली लक्षित विकास तथा विशेष कार्यक्रमहरुमा सम्भ्रान्त वर्गकै हालिमुहाली र स्थानीय टाठावाठाहरुले विकासको नाममा लुट मच्चाइरहेको अनुगमन प्रतिवेदनले देखाएको छ ।

कर्णालीका गरिब परिवारको आर्थिक अवस्था सुदृढ गराउन ल्याइएको कर्णाली रोजगार कार्यक्रमबाट टाठाबाठा वर्गले बढी फाइदा लिइरहेको स्थानीय विकास मन्त्रालयले तयार गरेको अनुगमन प्रतिवेदनले देखाएको छ । दुर्गम जिल्ला हुम्ला र मुगुका विकास आयोजनामा श्रमिकहरुले ज्याला समेत नपाउने स्थिति बनेको हो ।

‘जनसहभागितामूलक काममा एलिट वर्गको वर्चश्व देखियो ।’ स्थानीय विकास मन्त्रालयले तयार गरेको अनुगमन प्रतिवेदनमा भनिएको छ, ‘गाविस तहबाट सञ्चालित आयोजनाको प्रगति उपलब्धीमुलक छ कि छैन भन्ने स्पष्ट हुने अवस्था छैन ।’

सरकारले कर्णालीमा रहेका विपन्न परिवारलाई आर्थिक उपार्जन होस् भन्ने उद्देश्यले विपन्न उत्थान लक्षित विभिन्न कार्यक्रम चलाइरहेको छ ।  तर,  त्यहाँका टाठावाठाले आफ्नो अधिकार क्षेत्र नाघेर अन्य गाउँको विकास निर्माण उपभोक्ता समिति समेत आफैँ बन्ने र आर्थिक चलखेल गर्ने गरेका छन् ।

अनुगमनबाट फर्किएका एक कर्मचारीकाअनुसार कर्णालीका जिल्लाहरुमा विकास आयोजनाहरु बनाउने तर टुक्रे योजना बनाएर काम नै नगरी बजेट समेत बाँड्ने गरिएको छ ।

तपाइको मत