९ पुस, विराटनगर । राष्ट्र प्रुमख भएपछि राष्ट्रपति विद्या भण्डारी जननेता मदन भण्डारीसँग विवाह वन्धनमा वाँधिएर कर्मथलो बनाएको घरमा २३ वर्षपछि पुगेकी छन् ।
राष्ट्रपति भएपछि भण्डारी पहिलो पटक मोरङको इटहरास्थित आफनो पुरानो घरमा पुगेर शनिबार दिउँसो करिव २ घण्टा बिताएकी छिन् । राष्ट्रपति भण्डारीलाई घरमा पुग्ने चाँजोपाँचो मदन भण्डारी स्मृति प्रतिष्ठनले ‘मदनग्राम प्रवर्द्धन कार्यक्रम’मार्फत मिलाएको हो ।
राष्ट्रपति भण्डारीले घरमा प्रवेश गर्नु अघि आगनमा रहेको तुलसीको वोटमा पूजा गरिन् । र, लगतै दुई तले काठको घरमा प्रवेश गरिन् ।
भण्डारीकी काकी खिलामाया अधिकारीकाअनुसार वर्षौंपछि भण्डारीले यो घरमा प्रवेश गरेपछि विगतको यादलाई पुनः ताजा बनाइदिएको छ । २०४५ सालमा मदन भण्डारीसँग विवाह गरेपछि विद्यादेवि भण्डारी विद्यार्थी राजनितिमा होमिएकाले यो घरमा चार्डपर्वका समयमा मात्रै आउजाउ गर्थिन् ।