प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कसैलाई नभन्नु’को ट्रेलर सार्वजनिक गरिएको छ । यही माघ माघ २२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कसैलाई नभन्नु’लाई सर्जु लामिछानेको प्रस्तुतीमा शिवहरि रेग्मीले निर्माण गरेका हुन् ।
किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको अन्तरजातीय म्युजिकल लभस्टोरी कथा रहेको यस चलचित्रलाई मन्दिप रानाले निर्देशन गरेका हुन् ।