काँग्रेस सभापति देउवालाई नेता खड्काको चेतावनी

२५ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने कसरतमा लागेका काँग्रेस सभापति शेरबहादुर देउवालाई खुमबहादुर खड्काले चेतावनी दिएका छन् ।

 नेता खड्काले शनिबार ललितपुरमा आफू निकट नेता तथा कार्यकर्ताको भेला गर्दै सभापति देउवाले उपसभापति बनाउन गरेको भद्र सहमति कार्यान्वयन नगरेको खुलासा गरे । उनले भद्र सहमति पालना नभएपछि आफूले बाध्य भएर भेला आयोजना गर्नु परेको बताउँदै नेपाल हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मुद्धालाई राष्ट्रव्यापी रुपमा अगाडि बढाइने जानकारी दिए ।

भेलामा खड्का निकट केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । उक्त भेलामा खड्का निकट मानिने नेताहरु केन्द्रीय नेताहरु अजय चौरासिया, देवेन्द्रराज कंडेल सहभागी थिए ।

यसैगरी भेलामा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी सहभागी हुने कार्यक्रम भए पनि सदन चलेका कारण सहभागी हुन सकेनन् । त्यस्तै भेलामा सभासद सुशिला चौधरी, नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल , दाङका पार्टी सभापति किर्ति बहादुर खड्का, महाधिवेशन प्रतिनिधिहरु महेश श्रेष्ठ, मिनकृष्ण महर्जन, रमेश पाण्डे लगायत भएका थिए ।

 

तपाइको मत