२९ जेठ ०७८, कास्की । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई प्रदेशसभाको ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेको भोलिपल्ट संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यद्यपि, विश्वासको मत गुमाएर कामचलाउ मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री दावी पेश गरेपछि केही अन्यौल भए पनि प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता नदिई पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिन् ।
नयाँ मुख्यमन्त्री बनेका पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नेता साथै नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।