१७ बैशाख, चितवन । कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् ।
संविधान कार्यन्वयनका लागि ठूलो दल नेपाली कांग्रेस रहेको भन्दै खाँडले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुपर्ने दावी गरे । प्राकृतिक न्याएको सिद्धान्तलाई हेर्दा ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने उनको धारणा थियो ।