कांग्रेसको माग : डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउ

१४ माघ ०७५, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउन माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले वार्ता गरेर समस्याको निकास निकाल्न माग गरेका हुन ।

केदारभक्त माथेमा कार्यदलले गरेको सिफारिस लागू गर्न सरकारले कानुनी र नैतिकरुपमा प्रतिबद्धता जनाइसकेकाले त्यसबाट भाग्न नमिल्ने भन्दै सांसद अधिकारीले भने, ‘डा. केसी जीवनमरणको दोसाँधमा पुग्दा पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।’

सरकारको बुझिनसक्नुको बिएण्डसी मोहकै कारण संसदमा विरोध गरिएको उनको भनाई थियो ।

तपाइको मत