यसकारण कांग्रेसको सबै कार्यालय बन्द गरिने आकस्मिक बैठकको निर्णय

२५ भदौ ०७४, काठमाडौं । नेपाली कांगेसले दिवंगत नेता प्रतापराम लोहारको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार नै बसेको कांग्रेसको आकस्मिक बैठकले दलित आन्दोलनका योद्धा समेत रहेका लोहारको निधानले समग्र पार्टी र दलित आन्दोलनमा क्षति पुगेको र आज केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।

पूर्वमन्त्री समेत रहेका लोहारको शुक्रबार निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि आइतबार बिहान कांग्रेस कार्यालय सानेपामा राखिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेललेआजदेखि ३ दिनसम्म केन्द्रीय र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए ।

तपाइको मत