कांग्रेसद्वारा नीति तथा कार्यक्रममा भाषा सञ्चाउन माग गर्दै संशोधन दर्ता

२१ बैशाख ०७६, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ ।

शनिबार सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रममाथि फलफल गर्न बसेको संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजालसहित २४ सांसदले संयुक्त रुपमा नेपाल सरकारको ठाउँमा मेरो सरकार प्रयोग गरिएकोमा भाषा सञ्चाउन माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएका हुन् ।

कांग्रेसको पहिलो संशोधन ‘मेरो सरकार’मा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले नेपाल सरकार भन्न संशोधनको माग गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा मेरो सरकार भनेपछि आलोचना भइराखेको छ ।

तपाइको मत